प्रधानमन्त्रीको अपिल– चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्रीको अपिल– चुनाव गराउन सबै पक्ष जिम्मेवार बनौं

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०८२, शनिबार

    काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी हुन् ।

    फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति भएको छ । तयारी अझै द्रूततर गतिमा अघि बढाइँदै छ,’ प्रधानमन्त्रीले एक्स (ट्विटर) मा लेखेकी छन्, ‘सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहौँ ।’