


दमौली, २ कात्तिक । जिल्ला प्रहरी कार्यालय तनहुँले सुरक्षित र सभ्य रुपमा चाडपर्व मनाउन आग्रह गरेको छ। तिहारलाई लक्षित गरी प्रहरी कार्यालयले सो आग्रह गरेको हो ।
घर बाहिर जानु पर्दा हेरचाहको लागि नजिकैको छिमेकीलाई जानकारी गराउन, घर तथा टोल सुरक्षाका लागि सिसिटिभी तथा साईरन लगायत सुरक्षाका सामाग्रीहरु जडान गर्न आग्रह गरिएको छ ।
घर कम्पाउन्डमा गेटमा तालाबन्दी गर्दा चोरी गर्ने व्यक्तिले थाहा पाउने हुँदा तालाको सट्टामा अन्य प्रकृतिका लकिङ्ग सिस्टम जडान गर्न, अपरिचित व्यक्तिले दिएको कुने पनि कुराहरु सेवन नगर्न र आफ्ना बालबच्चाहरुलाई पनि सेबन गर्न हुन्न भनी सिकाउ र अपरिचित व्यक्तिलाई झट्ट बिश्वास नगर्न आग्रह गरिएको छ ।
