राप्रपा शुक्लागण्डकीको अध्यक्षमा ऋतु भुवाइँ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राप्रपा शुक्लागण्डकीको अध्यक्षमा ऋतु भुवाइँ

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८२, मंगलवार

    दमाैली, २५ कात्तिक । राप्रपा शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा ऋतु भुवाइँ चयन भएका छन् । मङ्गलबार दुलेगौडामा भएको अधिवेशनबाट भुवाइँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

    नगर कमिटीको उपाध्यक्षमा बालाराम पाण्डे, पूजा लामा र हरिशचन्द्र महत सचिवमा उपेन्द्रलाल श्रेष्ठ, सहसचिवमा केशवराज पौडेल, कोषाध्यक्षमा सरोज लम्साल र सदस्यहरुमा नेत्रबहादुर कार्की, मिनकुमारी विक, विक्रम खाँण ठकुरी, तुलसी पौडेल, सूर्य पौडेल, जङ्गबहादुर गोदार, दिननाथ भण्डारी, शरद थापा र पल शाही चयन भएका छन् ।