तनहुँ-२ मा कांग्रेसबाट प्रदीप, चाम सहित पॉच जना आकांक्षी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-२ मा कांग्रेसबाट प्रदीप, चाम सहित पॉच जना आकांक्षी

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०८२, आईतवार

    दमौली, २१ मंसिर । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ-२ मा नेपाली कांग्रेसबाट पॉच जनाले आकांक्षा व्यक्त गरेका छन् ।

    नेपाली कांग्रेस तनहुँले आइतबार आकांक्षीको नामावली संकलन गरेकामा प्रत्यक्षतर्फ पॉच जनाले निवेदन दर्ता गराएका छन् ।

    प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शंकर भण्डारी, प्रदीप पौडेल, आमन्त्रित केन्द्रीय सदस्य पुष्प पराजुली, क्षेत्रीय सभापति चुडामणि खनाल र महाधिवेशन प्रतिनिधि चाम थापाले इच्छा व्यक्त गरेका छन् ।

    यस्तै समानुपातिकमा माया राना र इन्दिरा खनालले निवेदन दिएका छन् ।