तनहुँमा मङ्सिर २६ गते नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा, भुषालले सम्बोधन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मङ्सिर २६ गते नेपाली कम्युनिष्ट पार्टीको सन्देश सभा, भुषालले सम्बोधन गर्ने

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०८२, बुधबार

    दमौली, २४ मंसिर । तनहुँको दमौलीमा नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा हुने भएको छ । मङ्सिर २६ गते शुक्रबार दमौलीमा सन्देश सभा गर्न लागिएको हो ।

    खुल्लामैदानमा हुने सन्देशसभालाई सो पार्टीका नेता एवं पूर्वमन्त्री पम्फा भुषालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    पार्टी एकता र संगठन सुदृढीकरणका उद्धेश्यले आयोजना गर्न लागिएको सन्देश सभामा जिल्लाका विभिन्न ठाउँबाट कार्यकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ।