एनपिएल उपाधिका लागि भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एनपिएल उपाधिका लागि भिड्दैछन् लुम्बिनी र सुदूरपश्चिम

    खबरपुञ्ज संवाददाता

    २७ मंसिर २०८२, शनिबार

    काठमाडौ, २७ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज फाइनल खेल हुँदैछ।

    त्रिवि मैदान कीर्तिपुरमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच आज उपाधि भिडन्त हुँदैछ।

    शनिबार अपराह्न साढे तीन बजेदेखि सुरू हुने खेलबाट दोस्रो संस्करणको च्याम्पियन टुंगो लाग्नेछ।

    सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

    इलिमिनेटरमा काठमान्डु गोर्खाज् र दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई नै पराजित गरेर लुम्बिनीले पनि फाइनलमा स्थान पक्का गरेको हो।

    लिग चरणका सातमध्ये ६ खेल जितेर सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफ पुगेको थियो। उसले लिग चरणमा विराटनगरसँग मात्रै हार ब्यहोरेको थियो।

    लुम्बिनी लिग चरणमा ७ मध्ये ४ खेल जितेर ८ अंक बनाउँदै तालिकाको चौथो स्थानमा रहेर प्लेअफ पुगेको थियो।