


दमौली, २७ मंसिर । नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सदस्य पूर्णबहादुर गुरुङ एमालेको ११ औ महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।
पार्टीको शुक्रबार सम्पन्न सचिवालय बैठकले गुरुङलाई महाधिवेशन प्रतिनिधि मनोनित गरेको हो ।
महाधिवेशन प्रतिनिधि चयन भएपछि खबरपुञ्जसँग कुरा गर्दै गुरुङले केन्द्रीय कमिटीमा दावी रहने बताएका छन् ।
