शुक्लागण्डकी मोवाइल तथा इलेक्ट्रोनिक्स संघमा पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकी मोवाइल तथा इलेक्ट्रोनिक्स संघमा पौडेल

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०८२, सोमबार

    दुलेगौंडा, २९ मंसिर ।शुक्लागण्डकी मोबाइल तथा इलेक्ट्रोनिक्स संघको अध्यक्षमा सुरेन्द्र पौडेल सर्वसम्मत चयन भएका छन् । सोमवार स्याङ्जाको पुतलीबजार नगरपालिका वडा-९ कोल्माकोटमा सम्पन्न दोस्रो अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा सुविल श्रेष्ठ, उपाध्यक्षमा राजेन्द्र पौडेल, सचिवमा धर्मराज पोख्रेल (विनोद), कोषाध्यक्षमा सन्तोष श्रेष्ठ र सहसचिवमा राजेश बस्याल चयन भए ।

    सदस्यहरुमा शिव बहादुर श्रेष्ठ, हेमराज पुन, रमेश बराईली, विष्णु प्रसाद तिमिल्सीना, इन्द्र प्रसाद तिवारी, आनन्द प्रसाद वाग्ले र वसन राना चयन भए । संघका अध्यक्ष हरि बहादुर थापाको अध्यक्षमा कार्यक्रम भएको थियो ।