


दमौली, ३ पुस । इलाका प्रहरी कार्यालय ऑबुखैरेनीमा प्रहरी कर्मचारीलाई सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी प्रशिक्षण दिइएको छ ।
प्रहरी कार्य सम्पादन सुधार कार्ययोजना बमोजिम सडक दुर्घटना न्यूनीकरण गरी सुरक्षित, व्यवस्थित तथा अनुशासित सडक यातायात प्रणाली विकास गर्ने उद्धेश्यले अस्थायी ट्राफिक प्रहरी पोष्ट आँबुखैरेनी, तनहुँका पोष्ट प्रमुख प्रहरी नायव निरीक्षक कमल गुरुङले इप्रका ऑबुखैरेनी तथा मातहत प्रहरी इकाईमा कार्यरत प्रहरी कर्मचारीहरुलाई सडक सुरक्षा तथा ट्राफिक नियम पालना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा सहभागी प्रहरी कर्मचारीहरुलाई सडक सुरक्षा र यसको महत्व, प्रचलित ट्राफिक नियम तथा कानुनी व्यवस्था, ट्राफिक संकेत र सडक चिन्हको प्रयोग, सवारी गति र लेन अनुशासन, सुरक्षित सवारी सञ्चालन, मा.प.से./ला.प.से. गर्दा हुने जोखिम, दुर्घटना न्यूनीकरणका उपाय, दुर्घटना पछिको प्राथमिक उपचार, उद्धार साथै व्यावसायिक आचरण र अनुशासन सम्बन्धी विषयमा जानकारी तथा प्रशिक्षण प्रदान गरिएको थियो ।
