


दमौली, ३ पुस । नेकपा एमालेको ११ औ महाधिवेशनमा तनहुँका पॉच जना निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणना अनुसार पॉच जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । तीन जना भने पराजित भएका छन् ।
केन्द्रीय सदस्यमा खुल्ला क्षेत्रबाट १६२७ मत सहित किरण गुरुङ निर्वाचित भएका छन् । उनी यस अगाडी स्थायी कमिटी सदस्य हुन् ।
यसअघि तनहुँ इन्चार्ज रहेका केदार सिग्देल १४९७ मत सहित गण्डकी भूगोलबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
पूर्वमन्त्री एवं राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने १८७३ मत सहित दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् ।
पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान १५६० मत सहित खुल्ला क्षेत्रबाट निर्वाचित भएका छन् ।
यस्तै महिला खुल्ला क्षेत्रबाट १४४२ मत सहित शोभा गुरुङ निर्वाचित भएकी छन्।
प्रतापलाल श्रेष्ठ, विष्णुभक्त सिग्देल र पूर्णबहादुर गुरुङ भने पराजित भएका छन् ।
