


दमौली, ३ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका-२ काे वडा सभापतिमा महेन्द्र रिजाल चयन भएका छन् । बिहीबार भएकाे वडा अधिवेशनबाट रिजाल अध्यक्ष चुनिएका हुन् ।
वडा उपसभापतिमा गीता विक, सचिवमा अर्जुन श्रेष्ठ, सदस्यहरुमा कृष्ण कार्की, हरि कार्की, रुद्रबहादुर क्षेत्री, मङ्गल क्षेत्री र हर्सन कायस्थ चयन भएका छन् ।
वडा अधिवेशनलाई पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, तनहुँ सभापति विश्व बास्ताेला, व्यास नगर सभापति चुडामणि दाहालले सम्बाेधन गरेका थिए ।
