स्वर्गीय पति रामप्रसादको स्मृतिमा पत्नी शारदाद्वारा अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्वर्गीय पति रामप्रसादको स्मृतिमा पत्नी शारदाद्वारा अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २ पुष २०८२, बिहीबार

    दमौली, ३ पुस । व्यास नगरपालिका-१ अम्रेनी निवासी शारदा गैह्रेले आफ्ना स्वर्गीय पति रामप्रसाद गैरेको स्मृतिमा अक्षयकोष स्थापना गरेकी छन् ।आफू आबद्ध संस्था सार्थक मिलन नेपाल मा गैह्रेले २ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेकी हुन् ।

    दुई छोरा र दुई बुहारीको साथमा स्वर्गीय पतिको तेह्रौं दिनको पुण्यतिथिमा बिहीबार शारदा गैह्रेले अक्षय कोष स्थापनाका लागि रकम हस्तान्तरण गरेकी छन्।

    दुई लाख रूपैयाँको अक्षकोष स्थापना गर्ने लक्ष्य लिएको र हाल १ लाख रुपैयाँको चेक संस्थाकी अध्यक्ष मिलन भुजेललाई हस्तान्तरण गरिएको छ। अक्षय कोषको नाम पारिवारिक सल्लाहमा तय गरिने बताउँदै गैह्रेले अक्षय कोषबाट प्राप्त ब्याजले विपन्न वर्गका बिरामी, अशक्त र विद्यार्थी बालबालिकाका लागि सहयोग गर्ने बताइन्।

    रकम हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेश सांसद अशोक कुमार श्रेष्ठ, व्यासनगर प्रमुख बैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, सार्थक मिलन नेपालका पदाधिकारी एवं सदस्यहरू, सल्लाहकारहरु लगायतको उपस्थिति रहेको थियो।