


दमौली, ४ पुस । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत व्यास–३ स्थित दुर्गा मन्दिर नजिक भासिएको सडक मर्मतपछि चार लेनमै सञ्चालनमा आएको छ ।
भासिएको सडक मर्मत सम्पन्न भएपछि शुक्रबारदेखि दमौली–चापाघाट सडकखण्ड चारै लेनमा सुचारु भएको हो ।
सडक भासिएपछि विगत चार महिनादेखि उक्त सडक एकतर्फी रूपमा सञ्चालन हुँदै आएको थियो, जसका कारण सवारी आवागमनमा समस्या हुँदै आएको थियो। सडक मर्मत कार्य पूरा भएसँगै सवारी साधनहरू सहज रूपमा चारै लेन प्रयोग गर्न पाउने भएका छन्।
सडक सुचारु भएपछि स्थानीयवासी तथा यात्रुले राहत महसुस गरेका छन्।
