दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८२, सोमबार

    दमौली, २८ पुस । भिमाद नगरपालिका–५, ऋषिङ्गपाटनस्थित दीपक माध्यमिक विद्यालयको ५३औँ वार्षिक उत्सव तथा स्वर्ण जयन्ती सम्पन्न भएको छ।

    समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले विद्यालयको शैक्षिक विकासलाई प्राथमिकतामा राख्दै आगामी बजेटमार्फत विभिन्न कार्यक्रमका लागि सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे।

    उनले छात्रावास निर्माण, शौचालय व्यवस्थापन, अङ्ग्रेजी माध्यमको सुदृढीकरण, डिजिटल बोर्ड जडान तथा खेलमैदानको स्तर उन्नति गर्न प्रदेश सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने बताए ।

    पौष २४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रममा समापन समारोहकै अवसरमा मन्त्री थापाद्वारा विद्यालयसम्बन्धी पुस्तकको विमोचन गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक उत्तम खनियाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक उपलब्धि, भौतिक संरचना तथा अतिरिक्त क्रियाकलापको प्रगतिबारे जानकारी गराए।

    कार्यक्रमअन्तर्गत अन्तर्विद्यालय स्तरीय पुरुष भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका थिए। प्रतियोगिताले विद्यार्थीहरूबीच खेलकुद भावना र आपसी सद्भाव अभिवृद्धि भएको सहभागीहरूले बताएका छन्। साथै आरसी गौली र दीपक गैरेद्वारा विशेष सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो।

    समापन समारोहका क्रममा विद्यालयलाई सहयोग गर्ने चन्दादाताहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो भने पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई समेत सम्मान गरिएको थियो। तस्बिर : रेडियो भिमाद