


दमौली, ३ माघ । जेसीआई व्यास नगर वर्ष २०२६ का अध्यक्ष अजर नागिलाले पदभार ग्रहण गरेका छन् । शनिबार आयोजित संस्थाको ३२ औँ पदस्थापन कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नागिलाले औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि सम्पन्न अधिवेशनबाट नागिला सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका थिए । पदस्थापन कार्यक्रममा नेपाल जेसीजकी पूर्व अध्यक्ष रजनी थापा प्रमुख अतिथि थिइन् ।
अध्यक्ष नागिलाले युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले टिमवर्क, पारदर्शिता र नविन सोचका साथ जेसीआई व्यास नगरलाई अझ सक्रिय र प्रभावकारी बनाउने लक्ष्य रहेको बताए ।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको समेत पदस्थापन गरिएको थियो ।
