


दमौली, ३ माघ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गाे लगाएकाे छ । तनहुँ क्षेत्र नम्बर १ मा विद्यानाथ ढकाल र २ मा साेमबहादुर थापाकाे टुङ्गाे लागेकाे साे पार्टीका केन्द्रीय सदस्य अतिन्द्रकेशरी न्याैपानेले जानकारी दिए ।
ढकाल साविक नेकपा एकीकृत समाजवादीका नेता हुन् भने साेम माओवादीका नेता हुन् ।
ढकाल तनहुँ–१ मा जनमुखी राजनीति, विकास र सुशासनका पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन् भने भने साेमले श्रमिक, किसान र आम नागरिकका मुद्दालाई प्राथमिकतामा राख्दै सक्रिय रहेकाे बताइएकाे छ ।