रास्वपाले तनहुँमा उम्मेदवार टुङ्ग्यायो, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रास्वपाले तनहुँमा उम्मेदवार टुङ्ग्यायो, तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८२, सोमबार

    दमाैली, ५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ जिल्लामा उम्मेदवार टुङ्ग्याएको छ। पार्टीको निर्णयअनुसार तनहुँ निर्वाचन क्षेत्र नं. १ मा डा. स्वर्णिम वाग्ले र निर्वाचन क्षेत्र नं. २ मा श्रीराम न्यौपाने उम्मेदवार बन्ने भएका छन्।

    रास्वपाले सार्वजनिक गरेको जानकारीअनुसार दुवै उम्मेदवारलाई पार्टीको केन्द्रीय नेतृत्वले औपचारिक रूपमा अनुमोदन गरेको हो।

    तनहुँ–१ बाट उम्मेदवार बनेका डा. स्वर्णिम वाग्ले अर्थशास्त्री तथा नीति निर्माणमा अनुभव हासिल गरेका व्यक्तित्वका रूपमा चिनिन्छन्। उनी अघिल्लो उपनिर्वाचनमा पनि तनहुँ–१ बाट निर्वाचित भएका थिए ।

    तनहुँ क्षेत्र नम्बर १ काे भानु घर भएका न्याैपाने पहिलाेपटक उम्मेदवार हुन लागेका हुन् । तनहुँ-२ मा न्याैपानेसँगै डा. शेषरमण न्याैपाने, राजेश पाण्डे, शङ्कर पन्त, सुन्दर बस्याल आका‌‌क्षी थिए ।