नेपाली कांग्रेसबाट तनहुँमा पुरानै अनुहार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली कांग्रेसबाट तनहुँमा पुरानै अनुहार

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०८२, सोमबार

    दमौली, ५ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँका दुवै निर्वाचन क्षेत्रमा पुरानै अनुहारलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र तनहुँ–२ मा शंकर भण्डारीलाई उम्मेदवार बनाउने भएको हो।

    तनहुँ–१ मा उम्मेदवार बनाइएका गोविन्द भट्टराई यसअघि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए।

    यसैगरी, तनहुँ–२ बाट उम्मेदवार बनेका शंकर भण्डारी २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका नेता हुन्। उनले उक्त निर्वाचनमा नेकपा एमालेका किरण गुरुङलाई पराजित गरेका थिए ।

    कांग्रेसले दुवै क्षेत्रमा अनुभवी र चिनिएका अनुहारलाई उम्मेदवार बनाएर चुनावी प्रतिस्पर्धामा जाने रणनीति लिएको देखिन्छ।