


दमौली, ५ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा तनहुँ-२ मा दुई ठूला दलका नेता पुन: एकअर्कासँग भिड्ने भएका छन्।
विसं २०७४ सालको निर्वाचनमा नेकपा एमालेका केदार सिग्देलले कांग्रेसका शंकर भण्डारीलाई पराजित गरेका थिए। सिग्देल ३२ हजार ९२४ मत प्राप्त गर्दै विजयी भएका थिए भने शंकर भण्डारीले २९ हजार ६४५ मत पाएका थिए।
फागुन २१ गते हुने निर्वाचनमा दुबै दलका यी अनुभवी नेता पुनः एकअर्कासँग प्रतिस्पर्धा गर्दैछन् ।
विसं २०७९ को निर्वाचनमा कांग्रेसका शंकर भण्डारीले एमालेका किरण गुरुङलाई पराजित गरेका थिए ।
