तनहुँमा उम्मेदवार विरुद्ध उजुरी परेन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा उम्मेदवार विरुद्ध उजुरी परेन

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०८२, बुधबार

    दमौली, ७ माघ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत तनहुँ–१ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय निर्धारण गरिएको थियो । तर सो अवधिभित्र कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको कार्यालयले जनाएको छ ।

    निर्वाचन आयोग, नेपालको निर्देशनअनुसार सञ्चालन भइरहेको निर्वाचन प्रक्रियाअन्तर्गत उम्मेदवारविरुद्ध उजुरी नपरेपछि अब निर्वाचन कार्यक्रमअनुसार आगामी प्रक्रिया अगाडि बढाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।