


दमौली, ८ माघ । तनहुँ-१ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले व्यास-१४ छाब्दीवाराही मन्दिरबाट चुनावी प्रचार–प्रसारको शुभारम्भ गरेका छन्। प्रचारको सुरुआतसँगै उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा संवादसमेत गरेका छन्।
उक्त अवसरमा उनले विगतमा छाब्दीलाई धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र भनेर नारामा मात्र सीमित राखिएको उल्लेख गर्दै नारा र भाषणभन्दा अब स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको धारणा व्यक्त गरे। नारा बनाएर चुनाव जितिए पनि छाब्दीका समस्या भने जस्ताको तस्तै रहँदै आएको उनले बताए।
उनका अनुसार छाब्दी बाराही मन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्र सुदृढीकरण र तनहुँ जिल्लाको पहिचानसँग जोडिएको महत्वपूर्ण सम्भावना हो।
