तनहुँ-२ मा उज्यालो नेपालका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-२ मा उज्यालो नेपालका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिए

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०८२, शुक्रबार

    दमौली, ९ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा एक जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

    तनहुँ क्षेत्र नम्बर २ मा उज्यालो नेपालका तर्फबाट उम्मेदवारी दिएका मनराज गुरुङले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    निर्वाचन अधिकृतको कार्यालय शुक्लागण्डकी नगरपालिकामा गुरुङले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले जानकारी दिए।