


दमौली, १८ माघ । जिल्ला प्रहरी कार्यालय तनहुँले निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि आइतबारदेखि तालिम सञ्चालन गरेको छ।
निर्वाचनमा खटिनेलाई जिल्लाका पाँच ठाउँमा तालिम सञ्चालन गरिएको हो । निर्वाचन प्रहरीमा दरखास्त दिई मुख्यतर्फ उत्तीर्ण उम्मेदवारको नियुक्तिसँगै तालिम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय तनहुँको व्यास नगरपालिका–५ पाटन खेलमैदानमा, इलाका प्रहरी कार्यालय आँबुखैरेनीको आँबुखैरेनी क्याम्पसमा, इलाका प्रहरी कार्यालय बेलचौताराको बेलचौतारा खेलमैदानमा, इलाका प्रहरी कार्यालय भानुको गोठेटार खेलमैदानमा र इलाका प्रहरी कार्यालय बन्दीपुरको बन्दीपुरमा तालिम सञ्चालन गरिनेछ ।
कार्यालयले एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गर्न लागेको छ । आवेदन कम भएपछि कार्यालयले दुई पटक आवेदन दिने समय थप गरेको थियो ।