


काठमाडौ, १८ माघ । बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको आज १२:४५ मा निधन भएको अस्पतालले जनाएको छ।
चुनावी अभियानका लागि बालेन्द्रसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएको थियो।
