बालेन्द्रको चुनावी अभियानमा सहभागी भएका पत्रकार सिटौलाको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बालेन्द्रको चुनावी अभियानमा सहभागी भएका पत्रकार सिटौलाको निधन

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०८२, आईतवार

    काठमाडौ, १८ माघ । बालेन्द्र साहको चुनावी अभियानका क्रममा अछाममा अचेत भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ। काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको आज १२:४५ मा निधन भएको अस्पतालले जनाएको छ।

    चुनावी अभियानका लागि बालेन्द्रसँगै काठमाडौंबाट सुदूरपश्चिम पुगेका ४४ वर्षीय सिटौला शुक्रबार बिहान अचानक बेहोस भएका थिए। त्यसपछि उनलाई नेपाली सेनाको हेलिकप्टर र स्काई ट्रकमा काठमाडौं ल्याइएको थियो।