


दमौली, २० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह फागुनको पहिलो साता तनहुँ आउने कार्यक्रम निश्चित भएको छ । पार्टी स्रोतका अनुसार उनी तनहुँ–१ र २ केन्द्रित चुनावी प्रचारप्रसार तथा जनसम्पर्क अभियानमा सहभागी हुन आउने भएका हुन् ।
रास्वपाले साहको उपस्थितिले जिल्लामा चुनावी माहोल थप तातिने र पार्टीको सन्देश प्रभावकारी रूपमा फैलिने अपेक्षा गरेको छ ।