पन्थ दम्पत्तिद्वारा सिद्धवेनी माविमा २५ हजारको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पन्थ दम्पत्तिद्वारा सिद्धवेनी माविमा २५ हजारको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०८२, बिहीबार

    दमौली, २२ माघ । व्यास नगरपालिका–१३ पोखरीभञ्ज्याङ निवासी हरिदत्त पन्थ र इश्वरी पन्थले सिद्धवेनी माध्यमिक विद्यालयमा २५ हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

    विद्यालयको ३३ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनीहरुले उक्त अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषबाट विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्‍याउने उद्देश्य रहेको विद्यालयले जनाएको छ ।

    विद्यालय परिवारले पन्थ दम्पतीप्रति धन्यवाद व्यक्त गर्दै यस्तो सहयोगले शैक्षिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।