


दमौली, २३ माघ । सहिद दिवसको अवसरमा माघ १६ गते आयोजित व्यास नगर अल्ट्रा म्याराथन कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरिएको छ।
उक्त म्याराथनबाट १२ हजार ४ सय रुपैयाँ आम्दानी भएको छ भने कार्यक्रम सञ्चालनका क्रममा ७ लाख ३ हजार ५ सय २५ रुपैयाँ खर्च भएको छ। आम्दानी घटाउँदा कार्यक्रमको अन्तिम खर्च ६ लाख ९१ हजार १ सय २५ रुपैयाँ पुगेको छ।