


काठमाडौँ, २४ माघ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।
हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो । नर्भिकका प्रशासन प्रमुख विमल बोगटीले अस्पताल पुग्नुअगावै थापाको निधन भएको बताए
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार नेपालमा छैन । श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।
निरौलाले भने, ‘उहाँहरु आइपुग्नुभएपछि मात्र आधिकारिक रुपमा घोषणा गर्ने पारिवारिक तयारी छ ।’
आधिकारिक घोषणा भएपछि मात्र अन्य श्रद्धान्जलीका कार्यक्रमहरु तय गरिने निरौलाले बताए ।