


दमौली, २४ माघ । नेपाल प्रहरी प्रधान कार्यालयको तर्फबाट नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी.ले जिल्ला प्रहरी कार्यालय तनहुँको निरीक्षण तथा अनुगमन गरेका छन् ।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गरिएको अनुगमनका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा. के.सी.ले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सबै सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न स्पष्ट निर्देशन दिएका छन् ।
उनले निर्वाचन सुरक्षामा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूले पूर्ण व्यवसायिकता, अनुशासन र उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै, कानुनको निष्पक्ष, कडाइका साथ तथा प्रभावकारी कार्यान्वयनमार्फत निर्वाचन प्रक्रियाको विश्वसनीयता सुनिश्चित गर्न निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक टेकबहादुर कार्कीले जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए ।