तनहुँमा दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा दुई हजार ६२५ किशोरीलाई एचपिभी खोप

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०८२, आईतवार

    दमौली, २५ माघ । तनहुँ जिल्लामा दुई हजार ६२५ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले यही माघ २९ गतेदेखि आगामी फागुन ५ गतेसम्म किशोरीलाई एचपिभी खोप लगाउन लागेको हो ।

    हाल विद्यालय जाने कक्षा ६ का छात्रा, गत आर्थिक वर्षमा छुट भएका, हाल कक्षा ७ देखि १० मा अध्ययन गर्दै गरेका छात्रा र विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरी, गत आवमा छुट भएका विद्यालय नजाने ११ देखि १४ वर्षका किशोरीलाई उक्त खोप लगाउन लागिएको कार्यालय प्रमुख अमर दवाडीले बताए।

    गत वर्ष जिल्लाका १४ हजार १३५ किशोरीलाई उक्त खोप लगाइएको थियो । हरेक विद्यालयमा केन्द्र सञ्चालन गरी किशोरीलाई एचपिभी खोप लगाइने उनले बताए । नेपालमा हरेक वर्ष दुई हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने अनुमान गरिएको छ ।

    महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने उनको भनाइ छ ।