


दमौली, २ फागुन । प्रेम दिवसको अवसरमा बाजबजार युवा क्लबका अध्यक्ष तथा सामाजिक अभियान्ता महम्मद गफ्फार (सुदिप) को नेतृत्वमा व्यास नगरपालिका-७ स्थित व्यास नगर समता विद्यालय का विद्यार्थीहरूलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरिएको छ।
सामाजिक उत्तरदायित्व र शिक्षा प्रवर्धनमा जोड दिन उद्धेश्य राखेर शनिबार उक्त सहयोग गरिएको हो ।
त्यसक्रममा सुदिपले भने, ‘साँचो प्रेम भनेको केवल भावनामा सीमित छैन, समाजका बालबालिकाको उज्ज्वल भविष्यमा योगदान गर्नु पनि हो ।’