ऑबुखैरेनीमा महाशिवरात्री पर्व मनाइँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा महाशिवरात्री पर्व मनाइँदै

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८२, शनिबार

    दमौली, २ फागुन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित महादेव मन्दिरमा महाशिवरात्री पर्वको तयारी तीव्र पारिएको छ। स्थानीयवासी र आमा समूहको सक्रियतामा मन्दिर परिसर सरसफाइ, रङरोगन गरिएको छ।

    भोलि बिहानैदेखि विशेष पूजा–आराधना, लाखबत्ती बाल्ने कार्यक्रम तथा श्रद्धालुहरूको भीड व्यवस्थापनको तयारी पूरा गरिएको आयोजकले बताएका छन्। साँझबाट सुरु हुने भजन–कीर्तन, नाचगान र धार्मिक सांस्कृतिक कार्यक्रम रातभर सञ्चालन हुनेछन्।

    शिवशक्ति आमा समूहकी अध्यक्ष विमला कुवंरले पर्वलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सबै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिँदै श्रद्धालुहरूलाई उपस्थित भई दर्शन तथा पूजा–आराधनामा सहभागी हुन आग्रह गरेकी छन् ।

    स्थानीय समुदायको उत्साहजनक सहभागिताले यस वर्षको महाशिवरात्री विशेष र स्मरणीय बन्ने अपेक्षा गरिएको उनले बताइन् ।