पॉचौ गैंडाकोट मेयर कपको उद्घाटन खेलमा मेयर–११ विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पॉचौ गैंडाकोट मेयर कपको उद्घाटन खेलमा मेयर–११ विजयी

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०८२, शनिबार

    दमौली, २ फागुन । पॉचौ गैडाकोट मेयर कप अन्तर्गत उद्घाटन खेलमा मेयर ११ ले कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको छ।

    मेयर–११ का बलर चन्द्रकान्त पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै ३.४ ओभरमा ३० रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। उनको प्रभावशाली बलिङले कर्णाली प्रदेशलाई दबाबमा राख्न महत्त्वपूर्ण भूमिका खेलेको थियो।

    यसैगरी, ब्याटिङतर्फ सन्नी बि.के.ले आकर्षक ६३ रनको योगदान दिएपछि उनी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। यो जितसँगै मेयर–११ ले उपाधि दौडमा बलियो दाबी प्रस्तुत गरेको छ।

    प्रतियोगितामा सातै प्रदेश र मेयर–११ गरी जम्मा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ। प्रतियोगिताको विजेताले नगद रु. ३ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।