नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्कृय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेपाली सेनाद्वारा शंकास्पद वस्तु निस्कृय

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०८२, मंगलवार

    दमौली, ५ फागुन । तनहुँको व्यास नगरपालिका–४ मादी पुल नजिक सडकमा आज बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निस्कृय पारेको छ।

    व्यास नगरपालिका–५ चापाघाटस्थित कालीभञ्जन गणका सेनाको टोलीले घटनास्थल पुगेर उक्त वस्तु सुरक्षित रूपमा निस्कृय बनाएको हो।

    शङ्कास्पद वस्तु फेला परेपछि केहीबेर सडक अवरुद्ध भएको थियो। सुरक्षा सतर्कता अपनाउँदै यातायात रोकिएकोमा निस्कृय प्रक्रिय सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

    प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार वस्तुबारे सूचना प्राप्त हुनासाथ सुरक्षा निकाय परिचालन गरिएको थियो र अहिले अवस्था सामान्य रहेको छ।