तनहुँ–१ मा मन्जिल रानाको पक्षमा व्यापक चुनावी प्रचार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ–१ मा मन्जिल रानाको पक्षमा व्यापक चुनावी प्रचार

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८२, बिहीबार

    दमौली, ७ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट तनहुँ–१ का उम्मेदवार मन्जिल रानाको पक्षमा बिहीबार विभिन्न स्थानमा व्यापक रूपमा चुनावी प्रचार–प्रसार गरिएको छ। प्रचार अभियानअन्तर्गत मतदाताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएकाे छ ।

    पार्टीका कार्यकर्ता तथा समर्थकहरूले चार–पाँच समूह बनाएर भानु, आँबुखैरेनी, बन्दीपुर, व्यास र देवघाट क्षेत्रमा घरदैलो तथा भेटघाट कार्यक्रम सञ्चालन गरेका छन्। सो क्रममा उम्मेदवार रानाका विकास योजना र प्राथमिकताबारे मतदातालाई जानकारी गराइएको छ।

    May be an image of one or more people, people studying, tree and text

    रानाले स्थानीय पूर्वाधार विकास, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधारलाई मुख्य एजेण्डाका रूपमा अघि सारेका छन्। प्रचार अभियानका क्रममा मतदाताले परिवर्तन र नयाँ विकल्पको आवश्यकता औंल्याउँदै सकारात्मक साथ र समर्थन जनाएको जनाइएको छ।

    May be an image of one or more people and text

    उम्मेदवार रानाले आफूले प्रस्तुत गरेका योजनालाई कार्यान्वयनयोग्य र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्दै तनहुँ–१ को समग्र विकासका लागि मतदाताको साथ आवश्यक रहेको बताएका छन्।