भावी पुस्तालाई समुन्नत तनहुँ सुम्पनु छ : गोविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भावी पुस्तालाई समुन्नत तनहुँ सुम्पनु छ : गोविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    ६ फाल्गुन २०८२, बिहीबार

    दमौली, ७ फागुन । तनहुँ–१ मा नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले तनहुँको दीगो विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

    चुनावी अभियानका क्रममा एक ज्येष्ठ आमाबाट आशिष ग्रहण गर्दै भट्टराईले भावुक हुँदै भने, “आमा, तपाईंले यो आशिष दिँदा मैले मनमनै आफैंलाई भनेँ– मैले आजसम्म तनहुँका लागि गरेँ, अब पनि सधैं सधैं तनहुँका लागि काम गर्ने छु।”

    उनले तनहुँलाई समुन्नत र समृद्ध बनाउने लक्ष्यका साथ अघि बढेको उल्लेख गर्दै भावी पुस्तालाई उज्यालो भविष्यसहितको तनहुँ सुम्पनु आफ्नो दायित्व भएको बताए। “हाम्रो भावी पुस्तालाई हामीले समुन्नत तनहुँ सुम्पनु छ,” उनले भने।

    भट्टराईले विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध ढङ्गले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।