


दमौली, ८ फागुन । सामाजिक अभियान्ता अविनाश पन्थले व्यास-११ मूलपानीस्थित चण्डीका आधारभूत विद्यालयकालआर्थिक रूपमा कमजोर १५ जना विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेका छन् ।
शैक्षिक सामग्रीको अभावका कारण झोला बिना विद्यालय जान बाध्य भएका विद्यार्थीहरूलाई लक्षित गर्दै यो सानो तर अर्थपूर्ण सहयोग गरिएको हो। शिक्षा नै भविष्य निर्माणको आधार भएकाले विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराइएको पन्थले बताए ।
