घुमाउने पुल निर्माण मेरो पहिलो प्राथमिकताः गोविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    घुमाउने पुल निर्माण मेरो पहिलो प्राथमिकताः गोविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०८२, मंगलवार

    दमौली, १२ फागुन । नेपाली कांग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा निर्माणाधीन अलपत्र पुललाई आफूले पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।

    विगत १२ वर्षदेखि निर्माण कार्य पूरा हुन नसक्दा यस क्षेत्रका बासिन्दाले भोग्नुपरेको सास्तीप्रति चिन्ता व्यक्त गर्दै उनले आफू निर्वाचित भएपछि यसलाई चाँडै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    भट्टराईले भने, “घुमाउने पुल तनहुँ र चितवन जोड्ने मात्र नभई दमौली पुग्ने दूरी २३ किलोमिटर छोट्याउने लाइफलाइन हो । म निर्वाचित भएर गएपछि मेरो सबैभन्दा पहिलो काम नै यस पुलको निर्माण कार्यलाई गति दिन सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने हुनेछ ।”