


दमौली, १३ फागुन । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले भूमिहीन नागरिकलाई जग्गाधनी प्रमाण पुर्जा वितरणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
चुनावी प्रचार सामग्रीमार्फत सार्वजनिक गरिएको प्रतिबद्धतामा विपन्न परिवार र बस्ती पहिचान गरी आवासहीनलाई आवासको व्यवस्था गर्ने, भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गर्ने उल्लेख गरिएको छ। साथै अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्न स्थानीय पालिकासँग सहकार्य गरिने जनाइएको छ।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका भट्टराईले “तनहुँको भरोसायोग्य साथी” का रूपमा आफूलाई प्रस्तुत गर्दै सामाजिक न्याय र सुरक्षित आवासको अधिकार सुनिश्चित गर्ने एजेन्डालाई अघि सारेका छन्।
