भानु व्यास संस्कृत विश्वविद्यालय स्थापना गर्ने भट्टराईको प्रतिबद्धता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानु व्यास संस्कृत विश्वविद्यालय स्थापना गर्ने भट्टराईको प्रतिबद्धता

    खबरपुञ्ज संवाददाता

    १२ फाल्गुन २०८२, बुधबार

    दमौली, १३ फागुन । नेपाली कांग्रेसका तर्फबाट तनहुँ–१ का उम्मेदवार ले पाँच वर्षभित्र “भानु व्यास संस्कृत विश्वविद्यालय” स्थापना प्रक्रियाको थालनी गर्ने घोषणा गरेका छन्।

    भट्टराईले तनहुँ–१ क्षेत्र महर्षि वेदव्यास, राष्ट्रिय विभूति को जन्मस्थल तथा पराशर ऋषिको तपोभूमि भएकाले यो भूमि ज्ञान र अध्यात्मको पवित्र केन्द्र भएको उल्लेख गरेका छन् ।

    उनले भने, “हाम्रो क्षेत्र अथाहा ज्ञानको पवित्र भूमि हो। यहाँ जर्मनी, फ्रान्सजस्ता देशका विश्वविद्यालयमा संस्कृत अध्ययन गरिरहेका विद्यार्थीहरुलाई ल्याएर संस्कृत तथा वेद अध्यापन गराउन सक्छौं।”

    उनका अनुसार प्रस्तावित विश्वविद्यालयमार्फत संस्कृत भाषा, वेद र पूर्वीय दर्शनको अध्ययन–अध्यापनलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिनेछ। साथै विदेशी विद्यार्थी र अनुसन्धानकर्तालाई आकर्षित गरी तनहुँलाई शैक्षिक तथा धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको उनले बताए।

    भट्टराईले संस्कृत विश्वविद्यालय स्थापनाले स्थानीय पहिचान, संस्कृति संरक्षण र दीर्घकालीन शैक्षिक पूर्वाधार निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।