


दमौली, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ प्रतिनिधि सभा क्षेत्र नम्बर १ ले दमौली बजार क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको छ।पार्टीका तर्फबाट उम्मेदवार भगवती न्यौपानेले मतदाताको घरदैलोमा पुगेर प्रत्यक्ष भेटघाट तथा संवाद गरेकी छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार न्यौपानेले स्थानीयवासीसँग विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारलगायतका आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै आगामी निर्वाचनमा विजयी गराउन आग्रह गरिन्। उनले मतदाताबाट प्राप्त सुझाव र प्रतिक्रियालाई आफ्नो भावी कार्ययोजनामा समेट्ने प्रतिबद्धता पनि व्यक्त गरिन्।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो। निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन्।