


काठमाडौं, १६ फागुन । इरानको राजधानी तेहरान तथा देशका विभिन्न सहरहरूमा धेरै विस्फोटका आवाजहरू सुनिएका छन् । तेहरानस्थित इरानका सर्वोच्च नेता आयातुल्लाह अल खामनेईको कार्यालय र राष्ट्रपतिको कार्यालयलाई पनि निशाना बनाइएको बताइएको छ ।
केर्मानशाह, कुम, इस्फहान, तब्रिज र कराजका सैन्य स्थलहरूलाई पनि लक्षित गरेर इजरायलले आक्रमण गरेको बीबीसीले जनाएको छ ।
यसका साथै इरानको दक्षिणी भाग केनारकस्थित इरानी नौसैनिक क्याम्पमा पनि आक्रमण भएको छ । कुर्द क्षेत्रको सानो शहर कामियारानबाट प्राप्त एक भिडियोमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को एक आधार शिविरमाथि बम आक्रमण भएको देखिन्छ ।