तनहुँमा मौन अवधि पालना गर्न निर्देशन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा मौन अवधि पालना गर्न निर्देशन

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८२, सोमबार

    दमौली, १८ फागुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तनहुँमा ४८ घण्टे मौन अवधि लागू हुने भएकाले मौन अवधिको पालना गर्न आग्रह गरिएको छ।

    प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ का लागि निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तनहुँले जारी गरेको सूचनाअनुसार, आचारसंहिता २०८२ को दफा १७ बमोजिम मतदान हुने दिनभन्दा अघिल्लो अठचालिस घण्टादेखि अर्थात् २०८२ फागुन १८ गते राति १२:०० बजेदेखि मतदानको दिन २०८२ फागुन २१ गते मतदान केन्द्र बन्द नहुन्जेलसम्म निर्वाचन प्रचार–प्रसार पूर्ण रूपमा निषेध गरिएको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले तनहुँ जिल्लास्थित राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलका भातृ संगठन तथा सम्बन्धित सबै सरोकारवालालाई आचारसंहिता पालना गर्न आग्रह गरेका छन् ।

    उनका अनुसार उक्त अवधिमा निर्वाचन प्रचार–प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला तथा गोष्ठी आयोजना गर्न पाइनेछैन ।

    मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री ४८ घण्टा अघि अनिवार्य रूपमा हटाउन, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार नगर्न, सामाजिक सञ्जाल, अनलाइन सञ्चारमाध्यम वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचार सामग्री पोस्ट, शेयर वा प्रतिक्रिया नदिन आग्रह गरेका छन् ।