विज्ञानचौरमा पतञ्जलीमा आबद्ध ४५ वर्षमाथिका महिलाहरूको जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    विज्ञानचौरमा पतञ्जलीमा आबद्ध ४५ वर्षमाथिका महिलाहरूको जिल्ला स्तरीय दौड प्रतियोगिता हुने

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८२, मंगलवार

    दमौली, १९ फागुन । अन्तर्राष्ट्रिय नारी दिवसको पावन अवसर पारेर विज्ञानचौरमा पतञ्जलीमा योगमा आबद्ध ४५ वर्षमाथिका महिलाहरूका लागि प्रथम जिल्ला स्तरीय दौड प्रतियोगिता आयोजना हुने भएको छ ।

    पतञ्जली योग साधना केन्द्र विज्ञानचौर, विज्ञानचौर टोल विकास संस्था र विज्ञानचौर आमा समूह को संयुक्त आयोजनामा कार्यक्रम हुन लागेको हो । साथै पतञ्जली योग समिति तनहुँ जिल्ला तथा महिला पतञ्जली योग समिति अन्तर्गत सबै पालिकाका योग साधना केन्द्रसम्मका अध्यक्ष, पदाधिकारी, सदस्य, योग शिक्षक तथा मातृशक्तिहरूलाई सहभागिताका लागि आह्वान गरिएको छ ।

    आगामी २०८२ फाल्गुन २४ गते बिहान ७:०० बजे प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको सुरुवात आदिकवी भानुभक्त क्याम्पस गेटबाट भई छाब्दी बाराही मन्दिरको प्रवेशद्वारसम्म हुने जनाइएको छ ।

    प्रतियोगितामा पतञ्जली योगमा आबद्ध ४५ वर्षमाथिका महिला साधिकाहरूले मात्र सहभागिता जनाउन पाउनेछन् । सहभागी नाम संकलन २०८२ फागुन २२ गतेसम्म गरिनेछ भने अनिवार्य रूपमा नागरिकताको प्रतिलिपी पेश गर्नुपर्ने आयोजकले जानकारी दिएको छ ।

    पुरस्कारतर्फ प्रथम हुनेलाई नगद रु. ५,५५५, द्वितीयलाई रु. ४,५४५, तृतीयलाई रु. ३,५३५ तथा सान्त्वना पुरस्कार स्वरूप रु. १,००० प्रदान गरिनेछ । प्रतियोगितालाई भव्य र सफल बनाउन इच्छुक महिला साधिकाहरूलाई समयमै नाम दर्ता गराई सक्रिय सहभागिता जनाउन आयोजकले अनुरोध गरेको छ ।