तनहुँमा सामग्री बुझेर मतदान केन्द्र पुगे कर्मचारी (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा सामग्री बुझेर मतदान केन्द्र पुगे कर्मचारी (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८२, मंगलवार

    दमौली, १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा सामग्री बुझेर कर्मचारी मतदान केन्द्र पुगेका छन् । तनहुँ क्षेत्र नम्बर १ र क्षेत्र नम्बर २ का कर्मचारी सोमबार निर्वाचन सामग्री बुझेर सम्बन्धित मतदान केन्द्र पुगेका हुन् ।

    दमौलीस्थित जिल्ला निर्वाचन कार्यालय तनहुँबाट क्षेत्र नम्बर १ का मतदान केन्द्रका लागि आवश्यक सामग्री वितरण गरिएको कार्यालय प्रमुख विकास लम्सालले जानकारी दिए। यस्तै शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयबाट क्षेत्र नम्बर २ अन्तर्गतका मतदान केन्द्रका लागि सामग्री वितरण गरिएको छ ।

    जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचन सामग्री वितरण गरिएको छ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयबाट मतपत्र वितरण गरिएको लम्सालले बताए।

    May be an image of one or more people and text
    May be an image of ‎one or more people, crowd and ‎text that says '‎२०৫৭ 침의 ب m 09‎'‎‎May be an image of one or more people, crowd and streetMay be an image of one or more people and text

    जिल्लामा एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र रहेका छन् ।

    निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।

    दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।

    क्षेत्र नम्बर १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ ।