तनहुँ अदालत सार्वजनिक बिदामा पनि खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालत सार्वजनिक बिदामा पनि खुल्ने

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८२, मंगलवार

    दमौली, १९ फागुन । तनहुँ जिल्ला अदालत सार्वजनिक बिदाका दिनमा पनि खुल्ला रहने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सरकारले फागुन २० गतेदेखि २२ गतेसम्म सार्वजनिक बिदा दिएपनि अदालत बिहान ११ बजेदेखि ३ बजेसम्म खुल्ला रहने अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी दिए ।

    सो अवधिभर न्याय प्रशासन ऐन, २०७३ को दफा २६ को व्यवस्था अनुरुप बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाई गर्न तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्न अनुमति प्रदान गर्न विशेष व्यवस्था अन्तर्गतका लागि अदालत खुल्ला रहने उनले बताए ।

    May be an image of ticket stub and text