


दमौली, २० फागुन । बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तनहुँ–२ अन्तर्गत शुक्लागण्डकी नगरपालिका–९ हिमाली आधारभूत विद्यालय ‘ख’ मतदान केन्द्र पूर्ण रूपमा महिलाको नेतृत्वमा सञ्चालन हुने भएको छ।
उक्त मतदान केन्द्रमा महिलाकै नेतृत्व र महिलाकै टोली खटिएको जनाइएको छ। मतदान अधिकृतका रूपमा सुशीला विक नियुक्त भएकी छन्। त्यसैगरी सहायक मतदान अधिकृत तथा कर्मचारीका रूपमा भीमकुमारी श्रेष्ठ, रोजिना परियार, मञ्जु मल्ल, सरिता श्रेष्ठ र मालती रानाभाट खटिएका छन्।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित ढङ्गले सम्पन्न गर्ने उद्देश्यका साथ उक्त केन्द्रलाई महिलामैत्री अवधारणाअनुसार व्यवस्थापन गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तस्बिर : शुक्लागण्डकी एफएम