तनहुँका यी उम्मेदवार : जसले आफैँलाई मतदान गर्न पाउँदैनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका यी उम्मेदवार : जसले आफैँलाई मतदान गर्न पाउँदैनन्

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०८२, बुधबार

    दमौली, २० फागुन ।प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत तनहुँका केही उम्मेदवारहरूले आफैँलाई मतदान गर्न नपाउने भएका छन्। मतदाता नामावली अन्य निर्वाचन क्षेत्रमा रहेकाले उनीहरू आफ्नै उम्मेदवारी रहेको क्षेत्रमा मतदान गर्न नपाउने अवस्था सिर्जना भएको हो।

    तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवारहरू डा. स्वर्णिम वाग्ले, रामदत्त जोशी, रामलक्ष्मी दुवाल र प्रेमबहादुर थापा आफैँलाई मत हाल्न नपाउने भएका छन्। उनीहरूको मतदाता नामावली सम्बन्धित निर्वाचन क्षेत्र बाहिर रहेको जनाइएको छ।

    त्यस्तै, तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शंकर भण्डारी र श्रीराम न्यौपाने पनि आफ्नै क्षेत्रमा मतदान गर्नबाट वञ्चित हुने भएका छन्। उनीहरूको मतदाता नामावली तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिका क्षेत्रमा रहेको बताइएको छ।

    मतदाता नामावली स्थायी बसोबास वा पूर्व दर्ता गरिएको स्थानका आधारमा तय हुने भएकाले उम्मेदवार भए पनि नामावली रहेको स्थानमै मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ।