


दमौली, २१ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
जिल्लामा एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।