९९ वर्षीय बखतनारायण र ८९ वर्षीया बालकुमारीद्वारा मतदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ९९ वर्षीय बखतनारायण र ८९ वर्षीया बालकुमारीद्वारा मतदान

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८२, बिहीबार

    दमौली, २१ फागुन । व्यास नगरपालिका–३ निवासी ९९ वर्षीय बखतनारायण श्रेष्ठ र उहॉकी धर्मपत्नी ८९ वर्षीया बालकुमारी श्रेष्ठले उत्साहका साथ मतदान गरेका छन् । उनीहरुले व्यास नगरपालिका–३ स्थित महर्षि संस्कृत माध्यमिक विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन् ।

    उनीहरुले लोकतान्त्रिक अभ्यासप्रति देखाएको प्रतिबद्धताले अन्य मतदातालाई समेत प्रेरित गरेको छ । ज्येष्ठ नागरिक दम्पती मतदान केन्द्रमा पुगेर मतदान गरेपछि स्थानीयवासीले प्रशंसा गरेका छन् ।